कोरोना भाइरसले १० महिना थला परेका ब्रिटिस नागरिक निको भए

आजभोलि

काठमाडौं । एक ब्रिटिश नागरिक १० महिनासम्म कोरोनाभाइरसको संक्रमणबाट पीडित भएर पनि निको भएका छन् । ७२ वर्षीय उनले कोरोना संक्रमणलाई पराजित गरेकोमा आश्चर्य प्रकट गरिएको छ । ब्रिटेनको बिष्टल निबासी उनको नाम डेव स्मिथ हो ।

बेलायतको जनसंख्या ६ करोड ८२ लाख ५७ हजार ४८९ जनामध्ये उनी एक हन्, जसमध्ये २३ करोड ४ लाख ४६ हजार ६६१ जनाको नमुना परीक्षण गर्दा ५४ लाख ३३ हजार ९३९ जना कोरोनाभाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये १ लाख २८ हजार ७०८ जनाको मृत्युु भैसकेको छ । यो तथ्यांक २०७८ साउन ४ गते सोमबार बिहान ७ बजेसम्मको हो ।

बेलायतमा पछिल्लो २४ घण्टा (१८, जुलाई) मा ४८ हजार १६१ जना कोरोना संक्रमित पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ । आफ्नो संघर्ष गाथा सुनाउँदै स्मिथले भनेका थिए– यति लामो संक्रमणबाट जीवित भएको इतिहास नै छैन कि ? पाँच घण्टासम्म लगातार खोकी लागिरहेको थियो, उनले भनेका छन्– उनको शरीर कति थकित थियो होला अनुमान गर्न सकिन्छ ।

ब्रिटिस नागरिक स्मिथको तौल ६० किलो घटेको थियो, कम्बर ४४ इञ्च भएकोमा २८ इञ्च मात्र अहिले बाँकी छ । तै पनि उनले हिम्मत हारेनन् । उनकी पत्नीले भने हार खाइसकेकी थिइन् । डेव स्मिथको कोरोनाभाइरसको परीक्षण गर्दा ४३ पटक पोजेटिभ रीपोर्ट आएको थियो । उनको १० महिना लामो उपचार भएको थियो । (विदेशी सञ्चार माध्यमको सहयोगमा)

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !