प्रधानमन्त्री देउवाद्वारा उपत्यकामा सञ्चालित खोप केन्द्रको अनुगमन

आजभोलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका विभिन्न अस्पताल सञ्चालित कोरोनाविरुद्धको खोप केन्द्रहरुको अनुगमन गरेका छन् ।

देउवाले उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना, स्थानीय निकायद्वारा सामाखुशीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका हुन् ।

अमेरिकी सरकाले दिएको १६ लाख डोज ‘जोन्सन एण्ड जोन्सन’ खोप आजदेखि सर्वसाधारणलाई समेत लगाउन थालिएको छ । प्रधानमन्त्री देउवाले गरेको निरीक्षणमा नेपालका लागि अमेरिकी राजदूतसमेत सामेल थिए ।

प्रधानमन्त्री देउवाले खोप सञ्चालन केन्द्र अनुगमनमा क्रममा व्यवस्थित बनाउन सम्बन्धित पक्षलाई सुझाव दिएका थिए । प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप लगाउने रहेकोप्रति जोड दिएका छन् ।

 

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !