प्रधानमन्त्री देउवाद्वारा पार्टीका बैठक बालुवाटारमा नराख्ने निर्णय

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा अबदेखि पार्टीको बैठक नराख्ने बताएका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आपूm प्रधानमन्त्री हुँदा पार्टीका लगभग सबैजसो बैठक बालुवाटारमै राखेका थिए ।

सरकारी स्रोतसाधनको दुरुपयोग गर्दै सरकारी निवासमै नेकपा र एमालेका बैठक राख्ने गरेकाले अध्यक्ष ओलीको सर्वत्र आलोचनाले घेरिएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टीको कुनै पनि बैठक सरकारी निवास बालुवाटारमा नराख्न गगन थापा लगायतलगायतका सांसद् तथा नेताहरूले सुझाएका थिए ।

पार्टीका नेताहरूको सुझावलाई मध्येनजर गर्दै प्रधानमन्त्री देउवाले पार्टीका बैठक बालुवाटारमा नराख्ने निर्णय गरेका नेता एनपी साउँदले जनाएका छन् । उक्त कुरा साउँदले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उत्कृष्ट निर्णय !

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको ऐतिहासिक निर्णय, पार्टीका बैठक बालुवाटारमा नराख्ने । जय नेपाल !’ प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नराख्ने निर्णय गरेपछि उनको सर्वत्र प्रशंसा भएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !