विधानविपरीत बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ : शेखर कोइराला

आजभोलि

काठमाडौं । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै धनुषा‚ बारा र सर्लाहीका कांग्रेस नेता÷कार्यकर्ताहरु आमरण अनशनमा बसेका छन् । त्यसरी आमरण अनसन बसेका नेता÷कार्यकर्तालाई अनसनस्थलमै भेट्न कांग्रेस नेता डा. शेखर कोइरालाले पुगेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका उनीहरुको मागप्रति ऐक्यबद्धता जनाउन नेता कोइराला पुगेका हुन् । अनसन स्थल सानेपा पुगेका डा. कोइरालाले ‘पार्टीको पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँढिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

डा. कोइरालाले विधानविपरीत बाँडिएका सम्पूर्ण क्रियाशील सदस्यता खारेज हुनुपर्ने भन्दै क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धको लडाइँमा आफू सधैं धर्नारत कार्यकर्ताको पक्षमा रहेको बताएका छन् ।

यो लडाइँमा आफ्नो अन्तिमसम्म साथ हुने भन्दै डा कोइरालाले प्रतिबद्धता जनाएका हुन् । कोइरालाले पार्टीको कुनैपनि तहमा बसेर काम गर्नेहरू माथि हुने अन्याय सहेर नबस्ने ठोकुवा गरे ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !