पछिल्लो २४ घण्टामा ३,१०८ जना कोरोना संक्रमित थपिए

आजभोलि

काठमाडौं । छिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार १३५ जनामा नमुना परीक्षण गर्दा ३ हजार एक सय ८ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी कोरोनाका संक्रमणकाबाट पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ जना निको भएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ७० हजार ९ सय ९३ पुगेको छ ।

तीमध्ये ९ हजार ६ सय ७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय १९ जना रहेका छन् ।

तीमध्ये २३ हजार ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५ सय ८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत रहेको जनाइएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !