कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’ हुने

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा परि आए नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’ गर्ने तयारी समेत गरेको छ । नेपाली कांग्रेस पार्टीको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि पनि सुनिश्चित गरिएको जनाइएको छ ।

विभाग सचिवालयद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधिको तयारी गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सहज हुने विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन सुनिश्चित गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । भदौ १६ देखि १९ सम्म आयोजना हुने भनिएको कांग्रेस महाधिवेशनका लागि महत्वपूर्ण मानिएको क्रियाशील सदस्यताको विवाद टुंगो लागेको छैन ।

कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय गरेमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ । भदौ १६ देखि १९ सम्म आयोजना हुने कांग्रेस महाधिवेशनका लागि सबैभन्दा महत्वपूर्ण विषय क्रियाशील सदस्यता हो ।

त्यो भने अहिलेसम्म पनि विभिन्न बहानामा विवादको भुँमरीमा रुमलिइरहेको छ । क्रियाशील सदस्यता विवाद टुंग्याउन छानविन समितिले न्वारनदेखिको बल निकालेर लाग्दा पनि अभैm पार लागेको छैन । विभिन्न बहानामा क्रियाशील सदस्यता छानविन समितिलाई वाधा पु¥याउने काम भइरहेका छन् ।

कहिले छानविन समितिका सदस्यमाथि आक्रमण हुने, कहिले थपिका सदस्य विधानविपरीत भएका जस्ता विषयमा समिति ‘कुहिराको काग’ बनिरहेको छ । उता विभागले भने १४ औं महाधिवेशन केन्द्रित प्रचार अभियान शुरू गरिसकेको जनाएको छ ।

  • ५ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !