कालापत्थरमा असोज ६ गते अन्तर्राष्ट्रिय फेसन शो हुने

आजभोलि

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण आयोजना गरिने भएको छ । आयोजनामा कार्यक्रममा नेपालसहित विश्वबाट विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने बताइएको छ । उक्त वृहत फेसन कार्यक्रममा २०७८ असोज ६ गते सगमाथाको कालापत्थर क्षेत्रमा हुने जनाइएको हो ।

‘के फिल्मस र एमई टू’ फिल्मसको सहकार्यममा फेसन शो कार्यक्रम हुन लागेको आयोजक पक्षले जनाएको छ । फेशन रन वेको पहिलो संस्करण गतवर्ष २०७६ पुस–माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि हासिल गरेको थियो । यस वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड गराउने आयोजक पक्षको योजना रहेको छ ।

जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउने भएका छन् । कार्यक्रमबारे जानकारी दिन गत सोमबार काठमाण्डौंमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले बताएका हुन् । कार्यक्रम नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको जनाइएको छ ।

यस कार्यक्रमले नेपालको पर्वतीय पर्यटनमा नयाँ उचाइ थप्ने विश्वास लिइएको छ । यसले विश्वसमुदायले नेपाललाई मौषम अनुसारको (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा लिनेमा जोड दिइएको छ । आगामी असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपालका सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताइएको छ ।

कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले त्यसलाई सहज बनाउन प्रवद्र्धनका अन्य कामलाई निरनतरता दिने पनि आशा लिइएको छ । त्यसैगरी सो कार्यक्रममा ग्लोबल आइएमई बैंकका सीइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय समूदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए ।

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पंकज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालााई आत्मसात गरेको र यसले विश्वको ध्यान आकृष्ट गर्ने बताए । कम्पनीका सीओओ तथा फेशन डिजाएनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यकता अनुसार परिमार्जन गरी प्रस्तुत गरिने बताए ।

त्यसैगरी कम्पनीका सीएफओ रिकेन महर्जनले दीगो पर्यटनका लागि आपूmहरुले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए । कोभिडका कारण नेपालमा अझै पर्यटकीय गतिविधि पूर्णरुपमा नचलेको सन्र्दभमा लकडाउन, निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गरी अन्तरराष्ट्रिय सेलिब्रेटीलाई नेपाल ल्याइने योजना आयोजक पक्षको देखिन्छ ।

उक्त कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटी शो निर्देशक श्रुती आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् । कार्यक्रममा दुबैजनाले विश्वकै अग्लो शिखर सगरमाथा र त्यसको काख कालापत्थरमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा दरिलो डेरा जमाउने विचार व्यक्ति गरेका छन् ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !