आज बीपी स्मृति दिवस विभिन्न कार्यक्रमका मनाइँदै

आजभोलि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली काँंग्रेसले १४ औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र जारी गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी

.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको हो । राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको अथक योद्धा र नायक थिए ।

उनले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राखेका थिए । राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बनेका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उनी प्रधानमन्त्री बन्न सफल भएका थिए ।

बीपी कोइराला नेपालके पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् । उनले जनतालाई सर्वोपरि राखेर गरेको राजनीति तत्कालीन राजा महेन्द्रलाई सह्य भएको थिएन । त्यसपछि राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा बन्दी बनाएका थिए ।

यसरी आठ वर्ष बन्दी बनाइयो, त्यसपछि ८ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र संघर्षमै बीपीको जीवन व्यतित भयो । ‘मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै अगाडि बढेका थिए बीपी ।

उनले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री बन्न पनि सक्थे । तर, बीपीले सत्ताभन्दा निष्ठा, आदर्श र त्यागको राजनीतिलाई महत्व दिइरहे ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !