मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ बाट आईपीओ निष्काशन गर्दै

आजभोलि

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ बाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका सर्वसाधारणका लागि छुट्याइएको छ । सो शेयरमा सर्वसाधारणले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने बढी १ लाख कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सकिने छ ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !