अमेरिकामा संक्रमणबाट निको हुनेको संख्या २ करोड ९४ लाखभन्दा बढी

आजभोलि

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२०, जुलाई) मा ८ लाख ३६ हजार ६३८ जनाको नमुना परीक्षण गर्दा ४४ हजार २१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १९, जुलाईमा १३ लाख ३३ हजार ८५८ जनाको नमुना परीक्षण गर्दा ३२ हजार ९०१ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (२०, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट २५६ जनाको मृत्यु भएको छ ।

१९, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट १३८ जनाको मृत्यु भएको थियो । अमेरिकामा साउन ६ गते बुधबार बिहान ७ बजेसम्ममा ३ करोड ५० लाख ८१ हजार ५०८ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ९४ लाख ३४ हजार ५ सय ५५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ ।

नेपाली समय अनुसार साउन ६ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५० लाख २१ हजार ६६२ जना छन् । नेपाली समय अनुसार साउन ६ गते बुधबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ५१ करोड ८६ लाख ५८ हजार ७५ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ ।

अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ७२ लाख ८ हजार ७९४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ७२ लाख ८ हजार ७९४ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन ६ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २५ हजार २९१ जनाको मृत्यु भैसकेको छ ।

साउन ६ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड २२ लाख १७ हजार ९९९ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ लाख ३३ हजार १४७ जना छन् ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !