वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

आजभोलि

काठमाडौं । वरिष्ठ कलाकार, प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षीय नेपालीको आज बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो । उनी मुटु र श्वासप्रश्वाससम्बन्धी समस्यासँग जुधिरहेका थिए ।

उनका दुई छोराछोरी अमेरिकामा रहेकाले उनीहरू आइसकेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । आमा फिल्ममा अभिनयसमेत गरेका उनले गीत, कवितासमेत लेखेका छन् । उनले २०३३ सालमा कविता र कविसहित कला सिर्जना गरी पृथक् प्रदर्शनीको परिचय दिएका थिए ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !