आज चीनबाट ८ लाख डोज भेरोसिल खोप आउँदै

आजभोलि

काठमाडौँ । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । खोप ल्याउन बुधबार नेपाल वायु सेवा निगमको जहाज चीन गएको थियो । सो जहाज आज दिउँसो खोप लिएर काठमाडौँ पुग्ने छ । आजै फेरि जहाज अरु खोप लिन बेइजिङ जाने छ ।

त्यसैगरी शनिबार र आइतबार पनि जहाज खोप ल्याउन चीन जान जनाइएको छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइसकिएको छ । त्यसपछि चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने जनाइसकेको छ ।

केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयको भनाइ छ । यसअघि चीनले १८ ला८ख डोज खोप अनुदानमा दिएको थियो । त्यसैगरी कोरोना विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा बढीले लगाइसकेका छन् ।

जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले बागमती र गण्डकी प्रदेशमा मात्र सञ्चालनमा ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको हो । वैज्ञानिक हिसाबले यो खोप एक डोज मात्रै लगाउँदा हुने बताइएको छ ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !