यातायात व्यवसायीहरु आन्दोलनमा

आजभोलि

काठमाडौँ । भाडा समायोजन र कोरोनाविरुद्धको खोप लगायतका सात बुदे माग राख्दै यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु आफ्ना सवारीसाधनसहित आन्दोलनमा आएका हुन् । व्यवसायीहरुले उपत्यकाको चक्रपथमा निकालेको व्यालीका कारण यातयात व्यवस्था अस्तव्यस्थ भएको थियो ।

ट्याक्सिलगायत सवै प्रकारका सार्वजनिक यातायातको र्यालीका कारण ट्राफिक जामको समस्या भएकोे हो । यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै बिरोध जनाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका उपमहासचिव रामहरी श्रेष्ठले आफुहरुले पटक पटक आफ्ना मागका बारेमा सरकारको ध्यानाकर्षण गराएपनि नसुनेपछि बाध्य भएर बिरोधमा उत्रिनुपरेको बताउँछन् । भाडा समायोजन गर्दा बैज्ञानिक नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको उनीहरुको गुनासो छ ।

त्यसैगरी ट्याक्सि व्यवसायीहरुले पनि न्युनतम भाडा बृद्धि गर्नुपर्ने माग राखेका छन् । व्यवसायीहरुले पहिलो चरणको बिरोध कार्यक्रमबाट आफूहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

  • ७ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !