नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा सहयोग

आजभोलि

काठमाडौं । कोरोना भाइरस महामारीबाट प्रभावित नेपालका क्रियाशील पत्रकारलाई लक्षित गरेर आर्थिक सहयोग गरेको छ । उक्त सहयोग नेपाल पत्रकार महासंघ यूके शाखाले विभिन्न निकायबाट संकलन गरेर रु ५ लाख आर्थिक सहयोग गरेको हो ।

उक्त सहयोग रकम नेपालभर कार्यरत पत्रकारमध्ये २५ जना पत्रकारई जनही रु. २० हजारका दरले वितरण गर्ने योजना रहेको शाखाले जनाएको छ । ‘लेखन वृत्ति’ नामक शीर्षकमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमार्फत वितरण गर्ने निर्णय भएको बताइएको छ ।

सो निर्णयबमोजिम संकलित रकम रु ५ लाख १६ हजार पत्रकार महासंघ केन्द्रीय समितिको बैंक खातामा जम्मा गरिएको छ । गत जुनको दोस्रो साता बसेको नवनिर्वाचित नेपाल पत्रकार महासंघ यूके शाखाको पहिलो बैठकले कोरोना प्रभावित पत्रकारललाई सहयोग गर्ने निर्णय गरेको थियो ।

सहयोग संकलनका लागि शाखाले नवनिर्वाचित सदस्यहरू दिनेशकुमार परियार, प्रमिला लावुङ र गोमा रानालाई जिम्मा दिएको थियो । हाल कोरोनाबाट संक्रमित पत्रकार र तिनका परिवारलाई मात्रै लक्षित गरिएको भएपनि पछि सबै क्रियाशील पत्रकारलाई कुनै न कुनै रूपमा जोड्ने महासंघ यूके शाखाले जनाइएको छ ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !