सभापति निवास बूढानिलकण्डमा कांग्रेस पदाधिकारी बैठक

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ । बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवासमा बुढानिलकण्ठमा बसेको हो । कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले बिहीबार अबदेखि कांग्रेस बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबोलाउने निर्णय गरेका हुन् ।

त्यसकारण आज बिहानै कांग्रेस शीर्ष नेता बुढानिलकण्ठ पुगेका थिए ।
सभापति देउवा प्रधानमन्त्री भएपछि कांग्रेसको बैठक पनि सरकारी निवास बालुवाटारमा बसेको थियो । तर, त्यसको सर्वत्र विरोध भएपछि देउवाले पार्टीको बैठक अबदेखि सरकारी निवासमा नराख्ने निर्णय गरेका हुन् ।

सोही कारण शुक्रबारको बैठक बुढानिलकण्ठस्थित सभापतिको निवासमा बोलाइएको हो । कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर, क्रियाशील सदस्यता विवाद निवारण र निर्वाचन निर्देशिकाको बारेमा व्यापक छलफल गर्न कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने निर्णय पनि हुन सक्ने आँकलन गरिएको छ । अहिलेसम्म कांग्रेसको वडा तहको अधिवेशन साउन १२ मा हुने कार्यतालिका यथावत छ । तर, त्यसको तयारी भने अहिलेसम्म एकरत्ति भएको छैन ।

कांग्रेसमा क्रियाशील सदस्यताको संख्या साढे नौ लाख पुगेको छ । वडा र क्षेत्रीय तहको अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी रहेको छ ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !