जनतालाई ऋण गरेरै भएपनि कोभिडविरुद्धको खोप दिन्छौं : प्रधानमन्त्री देउवा

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण गरेरै भएपनि नेपाली जनतालाई कोभिडविरुद्धको खोप लगाउने प्रतिवद्धता जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले सरकारको प्रथामिकता नै नेपाली जनतालाई खोप लगाउने भएको बताएका हुन् ।

‘यो सरकारको प्राथमिकता भनेकै खोप हो, हामी खोप लगाउनका लागि प्रयत्न जारी राख्नेछौैं,’ प्रधानमन्त्री देउवाले भने, ‘ऋण सापटी गरेर भएपनि जतिसुकै महंगो मूल्यमा किनेर भए पनि हामी सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने प्रयास गर्ने छौं ।

’ प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५÷७ महिना मात्र रहने भन्दै उनले यो छोटो अवधिमा पनि देखिने गरी काम गर्ने ठोकुवा गरे । ‘मलाई विश्वास छ, मेरो कार्यकाल पूरा हुँदासम्म केही न केही भिजिवल काम गरेर जानेछु,’ देउवाले थप जोड दिए ।

  • ८ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !