भारत सरकारले कोरोना भ्याक्सिनको सर्टिफिकेट देशैभर उपलब्ध गराउने

आजभोलि

काठमाडौं । भारत सरकारले कोरोना भ्याक्सिनको सर्टिफिकेट देशैभर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको विरुद्ध भ्याक्सिन लगाएका सरकारी र गैरसरकारी कर्मचारीहरुले अनिवार्य रुपमा पेश गर्नुपर्ने भएकाले जुनसुकै ठाउँबाट सर्टिफिकेट लिन सकिने व्यवस्था मिलाइएको हो ।

अब भ्याक्सिनको सर्टिफिकेटका लागि वाट्स्अप डाउनलोड गरी प्रिन्ट निकाल्न सकिने केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले आप्mनो ट्वीटरमा लेखेका छन् ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (८, अगष्ट) मा १७ लाख २२ हजार २२१ जनाको नमुना परीक्षण गर्दा ३६ हजार ३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७, अगष्टमा १७ लाख ८३ हजार ३१४ जनाको नमुना परीक्षण गर्दा ३९ हजार ७० जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

पछल्लो २४ घण्टा (८, अगष्ट) मा कोरोना भाइरसको संक्रमणबाट ४४७ जनाको निधन भएको छ । ७, अगष्टमा कोरोना भाइरसको संक्रमणबाट ४९१ जनाको निधन भएको थियो । नेपाली समय अनुसार साउन २५ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १९ लाख ६९ हजार ५८८ जना छन् ।

२०७८, साउन २५ गतेसम्ममा भारतले ४८ करोड ३९ हजार १८५ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन २५ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ११ लाख ३१ हजार ९२२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ९ हजार ३२७ जना छन् । पछिल्लो २४ घण्टा (आइतबार) मा ३९ हजार ८३२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । २०७८, साउन २५ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २८ हजार ३३९ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !