म्याग्दीको गुर्जामा जडीबुटीको खेती विस्तार

आजभोलि

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गतवर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो । समूहले यस वर्ष करिब दुई रोपनी जग्गामा अतिसको खेती विस्तार गरेको जनाएको छ ।

समूहका अध्यक्ष गोर्खा छन्त्यालले बजारमा जडीबुटीका रूपमा अतिसको माग उच्च रहेकोले व्यावसायिक खेती गरिएको बताए । अतिसलाई पेटमा पर्ने जुका मार्न र शक्तिवद्र्धक औषधिका रूपमा समेत प्रयोग गर्ने गरिन्छ । यो स्थान समुन्द्री सतहदेखि रु दुई हजार ७०० मिटर उचाइमा रहेको छ ।

हिमाली कृषक समूहले स्थानीय टिउथिबा सामुदायिक वनको साढे दुई हेक्टर पाखो जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । उनका अनुसार खेर गएको जग्गालाई उपयोग गरी स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने र रोजगार सिर्जना गर्ने उद्देश्यले जडीबुटी खेतीलाई प्राथमिकता दिइएको छ ।

“यहाँ जडीबुटीको प्रशस्त सम्भावना छ, सम्भावनको उजागरमा हामीले जोड दिएका छौँ, जडीबुटी खेतीबाट निकट भविष्यमा प्रतिफल आउने हाम्रो अपेक्षा छ”, उनले भने । यस समूहले हालै उच्च घनत्वमा हुने स्याउको खेतीसमेत सुरु गरेको छ । माटो परीक्षणलगायतको सम्भावना अध्ययन गरी यस वर्ष ७०० स्याउ, सात हजार बिसजरा र सतुवाका बिरुवा रोपण गरिइएको छ । रासस
–––

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !