अमेरिकीहरुद्वारा पहिलो रहेकाहरुलाई समेट्न तालिवानमाथि दवाव

आजभोलि

काठमाडौं । अमेरिकीहरुले पहिलो सरकाकाहरुलाई अहिलेको सरकारमा सामेल तालिवानमाथि दिएका छन् । काबुलको हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीवार दुईवटा शक्तिशाली बम विस्फोट भएकोमा ११० जनाभन्दा बढीको ज्यान गएको छ ।

आक्रमणको जिम्मा ’आईएसआईएस–के’ समूहले लिएको छ । पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स भएको सो समूह अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो ।

अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यो सबैभन्दा अतिवादी र हिंसात्मक समूह हो । इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेको बेला सन् २०१५ को जनवरीमा यसको गठन गरिएको थियो।

उता नेपाल फर्किन काबुल विमानस्थलमा जम्मा भएका ४२ जना नेपाली नागरिकहरू बिहीवार साँझ आत्मघाती विस्फोटन भएपछि सुरक्षित स्थानमा बसिरहेको दिल्ली दूतावासका अधिकारीहरूले जानकारी दिएका छन् ।

आफगानिस्तान पनि हेर्ने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले एक–दुई दिनभित्रै ती नेपाली नागरिकहरूको समूहलाई स्वदेश फर्काउन विभिन्न स्तरमा कूटनीतिक पहल भइरहेको जानकारी दिएका छन्।

तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा भिड गरिरहेको समयमा भएका ती घटनामा कम्तीमा ११० जनाको ज्यान गयो भने १५० जना घाइते भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले आक्रमणमा १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । पश्चिमा सरकारले काबुलमा आक्रमण हुनसक्ने चेतावनी दिएको केही घण्टामा ती घटना भएका हुन् । पहिलो विस्फोटन स्थानीय समयानुसार बेलुकी ६ बजे ब्यारन होटलनजिकै र विमानस्थलको घेराबाहिर भएको थियो ।

बिहीबार बेलुका भएको सो विस्फोटमा परी ज्यान गुमाउनेको संख्या हालसम्म ११० पुगेको छ । ज्यान गुमाउनेहरूमा २८ जना तालिवानी, १३ जना अमेरिकी सेनाले सो हमलामा परी मारिएका छन् । बिहीबार काबुल विमानस्थलनजिक बम विस्फोट भएपछि सरकार गठनबारे भइरहेको प्रगति बाहिर ल्याइएको हो ।

तालिवानका अनुसार अमेरिकाले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कर्जाई र राष्ट्रिय पुनर्मिलन उच्च परिषद्का प्रमुख अब्दुल्लाह अब्दुल्लाहलगायतका पूर्वसरकारका केही मानिसलाई नयाँ बन्ने सरकारमा समावेश गर्न दबाब दिइरहेको छ ।

बिहीबार बेलुका भएको सो विस्फोटमा परी ज्यान गुमाउनेको संख्या हालसम्म ११० पुगेको छ। ज्यान गुमाउनेहरूमा २८ जना तालिवानी, १३ जना अमेरिकी सेनाले सो हमलामा परी मारिएका छन् ।

आफूहरू अमेरिकासँग सन् २०२० मा गरेको सम्झौताअनुसार आतंकवादी क्रियाकलापका लागि अफगानी भूमि प्रयोग गर्न नदिने सर्तमा अडिग रहेको पनि तालिवानले प्रस्ट पारेको छ । महिलाहरूलाई पहिलेको सरकारमा जस्तै सरकारका विभिन्न अंगहरूमा, विशेषगरी स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्न अनुमति दिने पनि बताएको छ ।

तालिवानले भ्रष्टाचारविरुद्ध लड्न स्थानीय तहमा विशेष अदालतको पनि व्यवस्था गर्ने बताएको अलजजिरा न्यूजमा छ । बम विस्फोट भएको घटना नजिक रहेको होटल ब्रिटिश अधिकारीहरूले ब्रिटेन जान चाहने अफगान नागरिकहरूको कागजपत्र हेर्न प्रयोग गरिरहेका छन् ।

पहिलो बम विस्फोटन भएपछि बन्दुकबाट गोली चलाइएको र त्यसपछि विमानस्थलको एउटा प्रमुख प्रवेशद्वारनजिकै दोस्रो विस्फोटन भएको थियो । समाचारहरूका अनुसार दोस्रो विस्फोट फोहोर पानी बग्ने ढलनजिकै भएको थियो, जहाँ अफगान नागरिकहरू कुरिरहेका थिए ।

विस्फोटका कारण केही मानिसहरू ढलको पानीमा पुगेका थिए। अमेरिकी अधिकारीका अनुसार कम्तीमा एक आक्रमणकारीले विस्फोटक पदार्थ भिरेका थिए । आबी गेटमा हालै अमेरिकी र ब्रिटिश सेनाले पहरा दिन शुरु गरेका थिए बीबीसीको न्यूजमा छ ।

कसैले एक आक्रमणकारीले भिडमा गोली चलाएको बताए पनि समाचारमा तालिबान सुरक्षाकर्मीले हावामा गोली चलाएको बताइएको छ । आक्रमणमा मारिने अमेरिकी र तालिबानसहित अफगान नागरिकको कुल संख्या पुष्टि भइसकेको छैन् ।

त्यो अझै बढिरहेको छ। अमेरिकी रक्षा मन्त्रालयले १३ सैनिक मारिएको र १५ जना घाइते भएको बताएको छ । आक्रमणपछि हजारौँ मानिसहरूलाई अफगानिस्तानबाहिर लग्ने उद्धार अभियानलाई असर पार्ने बताइएको छ।

आक्रमणअघि नै जर्मनी, नेदरल्यान्ड्ड र क्यानडा लगायतका केही देशले अब थप उडान गर्न नसक्ने बताएका थिए। सो विमानस्थलमा छ वर्षदेखि सुरक्षा प्रदान गर्न खटिएको टर्कीको सेना पनि फर्किने घोषणा गरेको छ।

 

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !