मलेसियामा एक नेपाली कामदारको मृत्यु

आजभोलि

काठमाडांै । मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको हो ।

कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा रहेका थिए । गत बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका उनको एकछिनमै मृत्यु भएको थियो । विष्टको मृत्यु के कारणले भएको भन्ने खुलेको छैन ।

उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ । रोजगारीका लागि उनी तीन वर्ष अगाडि प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।

 

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !