भारतीय क्रिकेटर शिखर धवनले पत्नीसँग गरे सम्वन्धविच्छेद

आजभोलि

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयषा मुखर्जीसँग सम्वन्धविच्छेद गरेका छन् । विवाहको ९ वर्षपछि उनीहरु औपचारिकरुपमा अलग्गिएका हुन् आयषाले सामाजिक सञ्जलमा आफूहरुको सम्वन्धविच्छेदबारे औपचारिक पुष्टि गरेकी छन् ।

धवनको तर्फबाट भने कुनै पनि स्टेटमेन्ट आएको छैन । आयशाले आफ्नो दोस्रोपटक डिभोर्स भएको उल्लेख गरेकी छन् । उनको पहिलो विवाह एक अष्ट्रेलियन व्यापारीसँग भएको थियो ।

पहिलो श्रीमानका तर्फबाट उनका दुई छोरी छन् । सन् २०१२ मा धवनसँग उनको दोस्रो विवाह भएको थियो । फेसबुकमार्फत चिनजान भएर प्रेम बसेपछि उनीहरुले विवाह गरेका थिए । उनीहरुले सन २०१४ मा पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएका थिए ।

आयशाले इन्टाग्राममा लेखेकी छन्, ‘मलाई डिभोर्स शब्द नै फोहोरी लाग्थ्यो, तर अब म दुई पटककी डिभोर्सी भएकी छु । पहिलोपटकको डिभोर्समा असाध्यै डर लागेको भए पनि अहिले चाहिँ आफू निर्धक्क रहेको उनले लेखेकी छन् ।

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ९. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • १०. नेकपा अर्थात् गफाडी क्लब !