राष्ट्रियसभामा एमालेको अवरोध कायमै

आजभोलि

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ । बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएकोे थियो ।

सांसद श्रेष्ठले दलीय आधारमा निर्वाचित सांसदलाई दलको निर्देशन नमान्दा आफ्नो दलले गरेको कारबाहीको सिफारिसलाई सभामुखले कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको बताए । उनले दलको निर्देशन नमान्ने १४ सांसदलाई कारवाहीको सिफारिस गरे पनि सभामुखले लामो समयसम्म कार्यान्वयनमा नलगी एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाए ।

उक्त विषयमा प्रतिनिधिसभाका सभामुखले कुनै किसिमको गल्ती महसुस नगरेको तथा अझैसम्म पनि चित्तबुझ्दो जवाफ नदिएकाले जवाफ नआएसम्मका लागि सदनका काम कारवाही अगाडि नबडाइयोस् भन्दै सांसद श्रेष्ठले सभाअध्यक्ष तिमल्सिनालाई आग्रह गरे ।

अध्यक्ष तिमल्सिनाले प्रतिनिधिसभासँग सम्बन्धित विषय भए पनि बैठकमा कुरा उठ्नु स्वभाविक भएको र यो विषय समयसँगै निरुपण हुने बताए । एमालेका सांसदलाई अवरोध नगरी बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत उनीहरुले उभिएर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले भने कार्यसूचीलाई अगाडि बढाएका थिए ।

बैठकमा अवरोधकैबीच विधान व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङकोतर्फबाट समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगन गरिएको छ ।

 

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !