साल्ट ट्रेडिङको ५९ औं वार्षिकोत्सव सम्पन्न

आजभोलि

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो स्थापनाको ५९औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । कर्पाेरेसनले वार्षिकोत्सवको अवसरमा सामाजिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई पुरस्कार र सम्मानको घोषणा गरेको छ ।

आफ्नो व्यावसायिक उत्तरदायित्व पूरा गर्दै विभिन्न सामाजिक उत्तरदायित्वहरु समेत निर्वाह गर्दै आइरहेको कर्पोरेशनले हरेक वार्षिकोत्सवमा समाजमा योगदान गर्नेहरुलाई सम्मान र पुरस्कारको समेत व्यवस्था गर्दै छ । कर्पोरेशनले स्थापनाकालको ५९ औं वार्षिकोत्वसको अवसरमा पनि बालबालिकाको संरक्षणमा सक्रिय भएका संस्थाहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको हो।

कार्यक्रममा कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले नेपाल सरकारको नीति–निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको प्रष्ट पारे। कर्पोरेसनले सेवा र कार्यक्षेत्र विस्तार गर्दै उपभोग्य वस्तु उपभोक्ताको घरदैलोमा पु¥याउन सधैं सफल भएकोप्रति खुसी व्यक्त गरे।

उनले सरकारले दिएका सबै प्रकारका जिम्मेवारी पूरा गरेको ठोकुवा गरे । कार्यक्रममा कर्पोरेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको उत्थान र प्रवद्र्धनका क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघ–संस्था तथा व्यक्तिहरूलाई बालहितकारी पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

त्यस्तै कर्पाेरेसनले उत्कृष्ट काम गर्ने कमचारीलाई हेमबहादुर मल्ल तथा ईश्वरलाल श्रेष्ठको नाममा उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गर्दै आइरहेको छ । कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड–१९ को त्रास कम भए पनि खुला वातावरण समारोह गर्नु उपयुक्त नभएकाले सामान्य हिसाबले वार्षिकोत्सव मनाइएको बताइन्।

श्रेष्ठले कर्पोरेसनले आफ्नो उद्देश्य एवं प्रतिबद्धताअनुसार कोभिड–१९ महामारीकै बीचमा पनि उपभोक्तालाई सुपथ मूल्यमा सर्वसुलभ तरिकाले गुणस्तरीय उपभोग्य वस्तु तथा उपलब्ध गराइरहेको बताइन्। उनले कोभिड–१९ कै कारण अघिल्लो वर्ष वितरण गर्नुपर्ने पुरस्कार तथा सम्मान पनि यो वर्ष प्रदान गरिएको गरिएको जनाइन्।

त्यसैगरी कर्पोरेसनले बालहितकारी पुरस्कार–२०७७’ ग्रामीण जीवनस्तर सुधार मञ्चले सञ्चालन गरेको ‘हाम्रो घर हेरौँ’ र ‘बालहितकारी पुरस्कार–२०७८’ ललितपुर धापाखेलको नवकिरण अनाथ–असहाय बालउत्थान समाजलाई प्रदान गरेको छ । पुरस्कार राशि नगद रु. ७५ हजार र साथमा ताम्रपत्र रहेको जनाइएको छ ।

त्यस्तै, ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७७’ अधिकृतस्तरमा जुग्नु भट्टचन, नन्अधिकृतस्तरमा सुजन महर्जन र स्तरविहीनमा बमबहादुर बस्नेतलाई प्रदान गरिएको छ। त्यस्तै ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा सम्झना श्रेष्ठ, नन्अधिकृतस्तरमा निर्मल तामाङ र स्तरविहीनमा कलप्रसाद रिजलालाई पुरस्कार राशि रु ३० हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ।

त्यस्तै ‘ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार–२०७८’ अधिकृतस्तरमा प्रज्वलमान प्रधान, सहायकस्तरमा चन्द्रदत्त ढकाल र स्तरविहीनमा हरिरमान रोक्कालाई पुरस्कार राखि नगद ३५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको कर्पोरेसनले जनाएको छ । त्यस्तै, कर्मचारीका छोराछोरीमध्ये एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउनेलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको पनि कर्पोरेसनले जनाएको छ ।

 

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !