तीन स्थानीय तहमा ३३ लाखका स्वास्थ्य सामग्री प्रदान

आजभोलि

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले जिल्लाका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले उनले रु ३३ लाखका स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेको हो ।

उनले दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकामा क्रमशः रु ११÷११ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । जिल्लाका नौवटै स्थानीय तहलाई व्यक्तिगतरुपमा आफूले निःशुल्क स्वास्थ्य सामग्री हस्तान्तरण गर्न लागेको नेता शाहीले बताए ।

उनले भने, “कोरोना जोखिमबाट जोगिन र स्वास्थ्य उपचारमा सहज होस् भनेर मैले निःशुल्क स्वास्थ्य सामग्री वितरण गरिहेको छु, जिल्लाका सबै स्थानीय तहमा उक्त सामग्री वितरण गर्नेछु ।”

उनले वितरण गरेका स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सट्रेटर मेसिन, अक्सिमिटर, पिपिइ सेट, सर्जिकल मास्क, एन ९५ मास्क, पञ्जा, स्ट्रेचर, स्यानिटाइजर लगायतका रहेका काँग्रेस नेता तथा दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ९. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • १०. नेकपा अर्थात् गफाडी क्लब !