सङ्खुवासभा कांग्रेस सभापतिमा खड्काको उम्मेद्वारी

आजभोलि

काठमाडौं । नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्काले उम्मेद्वारी घोषणा गरेका छन् । काँग्रेसको १४औँ महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सो अवसरमा उहाँले पार्टीलाई एकीकृत गर्दै जिल्लामा काँग्रेसको सङ्गठन मजबुद बनाउन पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गर्न लागेको जानकारी दिए ।

काँग्रेस सङ्खुवासभाका पूर्वपार्टी सभापति जनक थापाले काँग्रेस सङ्खुवासभाको सङ्गठनलाई सबल र सक्षम बनाउन खड्काको उम्मेद्वारी स्वभाविक भएको बताए ।

पूर्वसांसद पासाङ शेर्पाले सङ्खुवासभामा काँग्रेस नेतृत्व सर्वसम्मत बनाउनसके आगामी दिनमा हुने तीनै तहको निर्वाचन काँग्रेसले जित्नसक्ने उल्लेख गरे । पूर्वसांसद बीना पौडेलले काँग्रेस सङ्खुवासभाको सभापतिका अरु आकाङ्क्षीलाई मिलाएर अगाडि बढ्न सुझाव दिए ।

घोषणासभामा काँग्रेस महासमिति सदस्य महेश थपलिया, ज्ञानबहादुर कार्की, महाधिवेशन प्रतिनिधि दिपेन्द्रमान शाक्य, पूर्वमहाधिवेशन प्रतिनिधि थलकुमार लिङ्खा, काँग्रेस जिल्ला कार्यसमिति सदस्य शेरबहादुर गुरुङ, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पा, पर्यटन व्यवसायी नवीन त्रिताल, अधिवक्ता सेवक पोखरेल, विद्यार्थी नेता सन्दिप निरौलालगायतको उपस्थिति थिए ।

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !