मेगा बैंक लिमिटेड र कान्तिपुर अस्पतालबीच सहमति

आजभोलि

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच उपचारमा विशेषका सम्बन्धमा सहमति भएको छ । मेगा बैंकका ग्राहकहरुलाई काठमाडौंको तीनस्थित कान्तिपुर अस्पतालले उपचारमा विशेष छुट दिने सहमति भएको हो।

बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको छ। सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

साथै अस्पतालले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने छ। आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ। त्यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शल्यक्रिया गर्नुपरेमा विशेष छुट दिने सहमति भएको छ ।

त्यस्तै कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने पनि सम्झौता भएको छ । मेगा बैंकले आप्mना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !