काठमाडौं । पारू राई र मनोज थापा मगरको स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यस गीतमा पारूको शब्द रहेको छ । गायक मनोजको संगीत र संगीत संयोजन गरेका हुन्। गीतमा बेलायतका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारू राई फिचर्ड छन्।
विशेष भूमिकामा दीलिप राईलाई पनि देख्न सकिन्छ । पारू र सूर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो। भिडियो गायक मनोजको आधिकारिक युट्युब च्यानल ‘मनोज थापा मगर’ मार्फत सार्वजनिक गरिएको छ ।