ताप्लेजुङमा अक्सिजन उत्पादन कार्य सुरु

आजभोलि

काठमाडौं । ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो । नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका सूचना अधिकारी विजया राईले बताए।

कतिपय बरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकामा अहिले अस्पतालमै अक्सिजन उत्पादन हुन थालेकाले जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्नसमेत सहज हुने उनको भनाइ थियो।

ठेक्का पाएको प्रविधि इन्टरनेश्नल सप्लार्यसले रु ७१ लाख ५० हजारको लागतमा प्लान्ट जडान गरेको अस्पतालका निमित्त मेडिकल सुुपरिटेण्डेन्ट डा सोनिङ लामाले जानकारी दिए । अब यही प्लान्टमार्फत २४ घण्टामा २० थान अक्सिजन ठूलो सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने सप्लार्यसका प्राविधिक दिलबहादुर विकले जानकारी दिए ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !