संसद्मा अवरोध कायमैः महालेखा परीक्षकको प्रतिवेदन पेश

आजभोलि

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन ।

बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गर्नुभयो । उनले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराएको थियो ।

अवरोधकै बीचमा सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धीको अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसमबन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभयो । प्रमाणीकरण गरिएको विधेयकहरुमा आर्थिक विधेयक–२०७८ र राष्ट्र ऋण उठाउने विधेयक– २०७८ छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन–२०७८ पेश गरे ।

नेकपा (एमाले)ले अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते १ बजे बस्नेछ ।

 

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !