जनहितका योजना अघि बढाउनुुस् : राष्ट्रपति भण्डारी

आजभोलि

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुुझाव दिएका छन् ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज यहाँ शुभारम्भ गर्दै उहाँले मुलुुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नु पर्छ भनिन् । राष्ट्रिपति भण्डारीले भने, “जनप्रतिनिधिमूूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूूलक समाज निर्माणमा योगदान पुु¥याउनुपर्छ । ”

विगत दुुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा स्थानीय तहले खेलेको भूूमिकाको प्रशंसा गर्दै उनल भनिन्, “सङ्क्रमण अन्त्य भई नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुुल्याउन जनप्रतिनिधिलाई अपिल र आह्वान गर्छु ।”

आयोजक संस्था महासङ्घका अध्यक्ष सीता सुुन्दासले आफ्नो नेतृत्वमा महासङ्घले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिए ।

उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुुँदा महासङ्घलाई ओझेलमा पारेको भनी गुुनासो गरिन् । उनले जिल्ला समन्वय समितिलाई जिल्लामा सञ्चालन भएका सबैखाले योजनाको अनुुगमन गर्ने एजेन्सीका रुपमा स्थापित गर्न आवश्यक रहेको तर्क प्रस्तुत गरिन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्यन्जूूले सङ्घ र प्रदेश सरकारको तुुलनामा जनताका हितका खातिर स्थानीय तहले न्यायनिरुपण, बजेट तर्जुमा, विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूूमिका खेलिरहेको बताइन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले महासङ्घको जगका रुपमा रहेका स्थानीय तहले जनहितमा काम गर्ने सिलसिलामा कार्यक्षेत्रभित्र नपरेका र कानूनमा उल्लेख नभएका विषयमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको उदाहरण प्रस्तुत गरिन् ।

राष्ट्रिय परिषद्मा मुुलुकका ७७ जिल्ला समन्वय समिति महासङ्घका प्रमुख, उपप्रमुखसहितको सहभागिता छ । महासङ्घले चार वर्षमा संस्थाको आवश्यकता र प्रभावकारिताको सुुझाइ स्थापित गर्न सफल भएको सो अवसरमा जानकारी दिइयो ।कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रत्येक जिल्लाका उत्कृष्ट पाँच कामसहित पदाधिकारीका परिचय समेटिएको महासङ्घद्वारा प्रकाशित पुुस्तकको लोकर्षण गरिन् ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !