कात्तिकबाट ‘द भ्वाइस किड्स’ शुरु

आजभोलि

काठमाडौँ । नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन् । रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरु शो भित्र्याउन तत्पर छन् ।

नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि बालबालिकाको लागि भने बल्ल सुरु भएको छ । केही दिनअघि सारेगामापा लिटल च्याम्स सुरु भएको थियो भने अब द भ्वाइस किड्स पनि सुरु हुने भएको छ ।

विश्वका १ सय १३ देशमा फ्रन्चाइज शोको रुपमा सञ्चालन भैरहेको रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइयो ।

कात्तिक दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टिभीबाट प्रशारण हुने ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

डिजिटल अडिसनमा १० हजारभन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ बर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी गराइने आयोजकले जनाएको छ ।

‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।

  • २४ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !