पशुपालनमा युवाआकर्षित

आजभोलि

पाल्पा । पहाडी जिल्लामा गरिबी र बेरोजगारी समस्या समाधान गर्न युवाहरु पशुपालनका क्षेत्रमा आकर्षित भएका छन् । स्थानीय स्रोत र साधन परिचालन गरी पशुपालनका माध्यमबाट मासु तथा दूध ठूलो मात्रामा उत्पादन हुँदा त्यसमा आश्रित युवा रोजगार तथा स्वरोजगार हुँदै आएका हुन् ।

हेफर इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष महेन्द्रनाथ लोहनी र पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जाका स्थानीय सरकारबीच अन्तक्र्रिया कार्यक्रममा पाल्पा माथागढी गाउँपालिका प्रमुख सन्तोष थापा मगरले स्थानीयस्तरमा पशुपालनका माध्यमबाट युवालाई स्वरोजगार बनाउन सकिने बताए ।

उहाँले पशुपालनका क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल प्राप्तिका लागि प्राविधिक ज्ञानसमेत आवश्यक पर्ने जानकारी दिनुभयो । स्थानीयस्तरमा पशुपालन गरी उत्पादित मासु र दूधलाई प्रशोधन गरी अन्य परिकार तयार गर्न सकिनाका साथै यसका लागि थप जनशक्ति आवश्यक पर्ने भएकाले युवाहरुमा रोजगार र स्वरोजगारका अवसर सिर्जना हुनेछ ।

गुल्मीको माथागढी गाउँपालिका अध्यक्ष रितबहादुर थापाले पशुपालनका क्षेत्रमा लगानी गर्दा स्थानीय तहमा मासु तथा दूधको उत्पादन वृद्धि भइ आर्थिकरूपमा समृद्ध भइने बताउनुभयो । नागरिकलाई सचेत बनाउँदै युवालाई कृषि तथा पशुपालनमा आकर्षित गर्ने र उत्पादनका क्षेत्रमा लगानी बढाउने, बजारीकरणका लागि पनि सहज पारिनुपर्ने उहाँको तर्क थियो ।

पाल्पाको निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले गाउँपालिकाभित्र ठूलो मात्रामा उत्पादित अम्रिसो, तेजपात, अदुवा, गेडागुडी बिक्री हुँदै आएको छ भन्नुभयो । उहाँले उत्पादित वस्तु जिल्ला बाहिर निकासी गर्दा करोडौँ आम्दानी भएपछि नागरिकको जीवनस्तर माथि उठ्न थालेको बताए ।

“तानसेन नगरपालिकामा सञ्चालित कृषि तथा पशुपालन क्षेत्रमा युवाको आकर्षण बढेको छ । नगरप्रमुख अशोककुमार शाहीले भन्नुभयो, “पहिला विदेश गएका महिला तथा पुरुष अहिले गाउँ फर्केर बाख्रापालनमा लागिपरेका छन् । नानीबाबुलाई पढाउन भनेर बजार आएका पनि अहिले गाउँमा बाख्रापालन गर्न थालेको देखिएको छ ।”

हेफर इन्टरनेशनलका वरिष्ठ उपाध्यक्ष लोहनीले नेपालमा अमेरिकी नमुनाअनुसार पशुपालन गर्न आवश्यक रहेको जानकारी दिनुभयो । पशुपालनका क्षेत्रबाट युवालाई स्वरोजगार बनाउन सकिने भएकाले यसका लागि पहाडी जिल्लमा पनि राम्रो सम्भवना देखिएको उनले बताए ।

 

  • २४ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !