आफ्नो विदाइसँगै अध्यक्ष तिम्सिनाद्वारा जिल्ला शाखा पनि विगटन

आजभोलि

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति आफ्नो कार्यकाल सकिँदैगर्दा जिल्ला शाखा विगठनमा केन्द्रित भएको छ । विधिवत् रुपमा निर्वाचिन संजीव थापाको कार्यकालमा रेडक्रसमा अनियमितता मौलाएको भन्दै व्यापक आलोचना भयो ।

थापाको कार्यकालमा भएको अनियमितताको छानविन गर्ने, रेडक्रसको नवीकरण गर्ने र अधिवेशनमार्फत रेडक्रसलाई नयाँ नेतृत्व प्रदान गर्ने जिम्मेवारीसहित डा नेत्रप्रसाद तिम्सिनाको नेतृत्वमा केपी ओली नेतृत्वको सरकारले तदर्थ समिति गठन गर्यो ।

२०७७ साउन १२ गते निर्वाचित समितिलाई भंग गर्दै तीन महिनाका लागि गठित तिम्सिनाको तदर्थ समितिलाई रेडक्रसमा भएको अनियमितता छानविन गर्नुपर्ने, लामो समयदेखि नवीकरण हुन नसकेको रेडक्रसलाई नवीकरण गरिसक्नुपर्ने र महाधिवेशन गरेर नयाँ कार्यभार हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी थियो । तर तीन महिना त्यत्तिकै खेर फालेको तिम्सिनाको समितिले दिएको जिम्मेवारी पूरा गर्न सकेन ।

ओली नेतृत्वको सरकारले थप एक वर्ष कार्यकाल थपिदियो । सो अवधिमा देशभरका ७७ जिल्ला शाखाहरुमध्ये कतिपयको म्याद सकिन लागेकाले उनीहरुले जिल्ला अधिवेशनका लागि निर्वाचन अधिकारी तोकिदिन अनुरोध गरे पनि केन्द्रीय तदर्थ समितिले भने म्याद थपिदिने भन्दै अधिवेशनको अनुमति दिएको थिएन ।

‘हामीले तग साल मंसिर १० मा निर्वाचन गर्दैछौँ, हामीलाई निर्वाचन गर्ने वातावरण बनाइदिनुपर्यो भन्यौँ, बनाइदेउ भन्यौ,’ सिन्दुपाल्चोक सभापति राजेन्द्रमान ताल्चाले भने, ‘ म्याद सकिए पनि तपाईँहरुको हैसियत साधारण सभा र निर्वाचनसम्म जानदिने गरी निर्णय गर्छौँ । माघ २८ मा साधारण सभा गर्नुहोला भनियो ।

अहिले आएर विघटन गर्ने दुस्साहस भएको छ ।’ आउँदो कार्तिक ३ गते एक वर्षका लागि थपिएको म्याद सकिन लागेको रेडक्रसको केन्द्रीय तदर्थ समितिले यतिबेला आएर भक्तपुर, सिन्धुपाल्चोक, कालिकोट, रामेछाप, स्याजा र म्याग्दी शाखा विघटन गरेको पत्र पठाएको छ ।

उक्त पत्रपछि रेडक्रसका विभिन्न दुई दर्जन जिल्ला शाखाका सभापतिहरुले काठमाडौंमा एक भेला गरि आपत्ति जनाएका छन् । तिम्सिनाको तदर्थ समिति दिएको जिम्मेवारीभन्दा बाहिर गएर आफ्नै म्याद सकिन लाग्दा रेडक्रसका संरचनालाई लंगडो बनाउने काममा लागेको पूर्व केन्द्रीय सदस्य भगवतीलाल श्रेष्ठले बताए । दिइएको जिम्मेवारीबाट भागेर अहिलेको तदर्थ समिति देशभर विधान संसोधनका लागि छलफल भन्दै सातै प्रदेशमा लाखौँ रुपैयाँ खर्च गर्दै हिँडेको उदयपुर रेडक्रसका सभापति विनोदकुमार बस्नेतले बताए । कार्यभारभन्दा बाहिर गएर रेडक्रको हालको नेतृत्वले तोक्दै नतोकेको क्षेत्रमा हात हालेर अनियमितता गरेको बस्नेतले बताए ।

अनियमितताको छानविन, संस्था नवीकरण र महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने कामतिर पटक्कै ध्यान नदिए पनि अधिकार क्षेत्रभन्दा बाहिर गएर तदर्थ समितिले विधान संसोधन गरेर सँधैभरी रेडक्रस हडप्ने नियतमा अगाडि बढेको रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष सुदर्शन नेपालले बताए ।

बरु रेडक्रसले अहिले आफै अधिवेशन गर्न नदिएका ६ जिल्ला शाखा भंग गरेर कोरोना महामारीका बेला रेडक्रसलाई जनताको सेवाबाट बिमुख गराएको गुनासो भक्तपुर जिल्ला शाखका सभापति मनोजकुमार श्रेष्ठले गुनासो गरे ।

हालै असोज २३ गते आयोजित केन्द्रीय सभामा विभिन्न जिल्लाका सभापतिलाई २२ गते स्थानको जानकारी पछि गराउने गरी काठमाडौंमा आइपुग्न पत्र पठाएर केन्द्रीय तदर्थ समितिले २२ गते राति साढे ९ बजे ६ जिल्लाका सभापतिलाई बर्खास्त गरेको पत्र पठाएको थियो ।

आफ्नै म्याद सकिन साता दिन बाँकी रहेको केन्द्रीय तदर्थ समितिले ७७ जिल्लामध्ये १२ जिल्लाका सभापतिलाई मात्रै सहभागी गराएर नीति तथा कार्यक्रम पास गर्न आयोजित केन्द्रीय सभा सम्पन्न गरेको र विधानमै व्यवस्था नभएको अन्य जिल्लाबाट पर्यवेक्षक र प्रतिनिधि सहभागी गराएर केन्द्रीय सभा सम्पन्न गरेको हल्ला चलाएको पूर्व केन्द्रीय सदस्य तथा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने बताए ।

गहन विचार विमर्श हुनुपर्ने केन्द्रीय सभालाई भर्चुअल रुपमा सम्पन्न गरेर प्रश्न उठाउने प्रतिनिधिहरुलाई नै रोकेर आफ्ना भ्रष्टाचार, अनियमितता लुकाउन खोजेको उदयपुरका सभापति बस्नेतको दावी थियो ।

जिल्ला शाखाको अधिवेशन पनि गर्न नदिने, आफै विघटन गर्ने र आस्ताका आधारमा जिल्ला शाखाहरुसँग व्यवहार गर्ने कार्यले केन्द्रीय तदर्थ समितिको नियत ठिक नभएको बस्नेतको जिकिर छ ।

२०७७ साउनमा तीन महिनाका लागि गठन भएको तदर्थ समितिले सहज समयमा पनि केन्द्रीय नयाँ नेतृत्वको निर्वाचन नगरेर पछि कोरोनालाई कारण देखाउँदै आफू हावी हुन खोजेको आरोप विभिन्न जिल्लाका रेडक्रसकर्मीको दावी छ ।

संस्था नवीकरण गर,  नयाँ  नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर र अनियमितता छानविन गर भनेर दिएको जिम्मेवारी पुरा नगरेर डा तिम्सिनाको तदर्थ समिति संस्थाको कर चुक्ता समेत नगरेर बरु जिल्ला शाखालाई समेत नेतृत्वविहीन बनाउन उद्धत भएको विभिन्न जिल्ला शाखा सभापति र पूर्व केन्द्रीय पदाधिकारी र सदस्यहरुको आरोप छ ।

राजनीतिमा सक्रिय
रेडक्रसको आचारसंहिताले रेडक्रसकर्मी कुनै पनि राजनीतिक दलसँग आकर्षित हुन नपाउने नैतिक वाध्यता छ । तर रेडक्रसका वर्तमान अध्यक्ष डा नेत्र तिम्सिना भने हालै सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी मात्रै भएनन् उनको सक्रियता त्यहाँ देखिएको थियो । महाधिवेशन स्थलमा उनले नेकपा एमालेको परितपत्रसहितको तस्बिर सेसनसमेत गरेका थिए ।

 

  • २७ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !