आईएमई लाईफ इन्स्योरेन्सले प्राथमिक शेयर आईपीओ निष्काशन गर्दै

आजभोलि

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई चयन गरेको छ । कम्पनीले शेयर निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

वि.सं. २०७४ बाट कारोबार सुरु गरेको कम्पनीले विभिन्न स्किम लिएर ग्राहकसँग पुगेको छ । हालकम्पनीको पूँजी १ दशमलब ४ अर्ब रहेको छ । यो शेयर निष्काशनपछि २ अर्ब हुने पुग्ने छ ।

कम्पनीका १२० भन्दा बढी शाखा रहेका छन् । त्यसैगरी १८ हजारभन्दा बढी अभिकर्ताहरु रहेका छन् । यस कम्पनीमा ग्लोबल आईएमई बैंक, आईएमई ग्रुप लगाएतका प्रतिष्ठित कम्पनीको लगानी रहेका छ ।

आईएमई सेन्टर मार्फत पनि ग्राहकसँग जोडिने भएकाले कम्पनीको पहुँच व्यापक हुने विश्वास लिइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ३१ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !