नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य

आजभोलि

काठमाडौं । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् ।

भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, “हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।” उहाँले नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए । नेपालको सुरक्षाका लागि पनि हिन्दू राष्ट्र जरुरी रहेको उनको दाबी छ ।

भैरहवाको महेन्द्र सभागृहको सभाहलमा आयोजित धर्मसभालाई सम्बोधन गर्दै श्रीनिश्चलानन्दलले नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, बर्मा, भुटान र तिब्बतको हिस्सा हुँदै मानसरोबरसम्म हिन्दूत्वको प्रभाव बढाउने पनि बताए । उनले भने, “पूरा एसिया महाद्वीप हिन्दू राष्ट्रका रूपमा स्थापित हुनेछ ।”

श्रीनिश्चलानन्दले सनातन आर्य बैदिक हिन्दूलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित र दुव्र्यसनबाट मुक्त र आर्थिकरूपले पनि सम्पन्नशाली हुँदै जाने बताए । उनले पूरा विश्व अर्थको लागि क्रान्ति गरिरहेको छ भन्दै आर्थिक विपन्नता हटाउने माध्ययम नै सनातन आर्य बैदिक हिन्दूत्वको अङ्गीकार भएको बताए ।

नेपालका धर्मगुरुहरुको उपस्थिति रहेको उक्त धर्मसभामा शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दलाई सम्मानसमेत गरिएको थियो । कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न धर्मसभामा शङ्कर खराल, डा चिन्तामणि योगी, व्यासआचार्य किशोर गौतमले नेपालको धार्मिक अवस्थाका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !