नगदसहित जुवाडे पक्राउ

आजभोलि

काठमडौं । आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरस्थित क्विन वि रेष्टुरेण्टमा कौडा खेलिरहेका अवस्थामा १५ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले १५ जुवाडे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रकाश खनाल, मेखबहादुर गुरुङ, विनय गुरुङ, देवेन्द्र सेढाईँ, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गङ्गाराम मिश्र, अन्जन गुरुङ, आशिष गुरुङ, शिवराज गुरुङ, पूर्णबहादुर गुरुङ र खड्कबहादुर गुरुङ रहेको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

निजहरुबाट एक लाख १३ हजार नगद, १६ थान कौडा बरामद गरिएको छ । पक्राउ परेका विरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयबाट जुवासम्बन्धी कसुरमा म्याद थप गरिएको छ । दिउँसोदेखि लगाताररूपमा ठूलो धनराशिमा कौडा खेलेको गोप्य सूचनाका आधारमा प्रहरीले घर खानतलासी गरेको थियो ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !