पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै

आजभोलि

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब भिड्दै छन्।

शुसितम सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब चौसेरालाई १३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई चार विकेटले हराउँदै उपाधि नजिक पुगेको हो ।

शुसितमका लागि कप्तान गोपाल कार्की, सुदीप कार्की, अशोक कार्की र जनक कार्की मुख्य खेलाडी हुन् । यस्तै कैलपालका लागि प्रदीप चन्द, महेश चन्द र राजु भाट भरपर्दा खेलाडी हुन् । उपाधि जित्न दुवै टोलीको ध्यान यी खेलाडीलाई चल्न नदिने हुनेछ ।

शुसितम लिग चरणमा कैलपालसँग सात विकेटको हारको बदला लिने रणनीतिमा छ भने कैलपाल उपाधि रक्षा गर्ने दाउमा छ । घरेलु मैदान र दर्शकको साथले शुसितम च्याम्पियन बन्ने प्रबल सम्भावना छ ।

यसका साथै गत महिना गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज प्रतियोगिताको फाइनल खेलमा कैलपालसँग सुपरओभरमा हारेको बदलासमेत लिने अवसर शुसितमलाई छ ।

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा यही कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरी १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु ७७ हजार ७७७ र उपविजेताले रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिनुभयो ।

यस्तै म्यान अफ द सिरिजलाई रु पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई रु तीन हजार ३३३ प्रदान गरिने छ । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि वीरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदारले जितेको थियो ।

  • १६ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !