अठार वर्ष उमेरमाथिकालाई कोरोनाविरुद्धको खोप लगाइने

आजभोलि

काठमाडौं । कञ्चनपुरमा कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि यहाँ १८ वर्षमाथि उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । यही मङ्सिर ११ देखि १५ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारका अनुसार जिल्लामा भेरोसेल खोपको एक लाख मात्रा उपलब्ध भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णयबमोजिम खोप अभियान सञ्चालन हुन गइरहेको उनले बताए ।

“भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुट भएकालाई दोस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य कार्यालय र स्थानीय तहमा समेत गरी कोभिडसिल्ड, अस्ट्राजेनिका खोपको १४ हजार मात्रा मौज्दात छ ।” दुवै खोपसमेत १८ वर्ष माथिका समूहलाई पहिलो मात्रा दिन सात हजार मात्रा वितरण गर्ने र बाँकी सात हजार मात्रा चार हप्तापछि दोस्रोका लागि मौज्दातका रुपमा राखिने उनले बताए ।

पहिलो मात्रा लगाइ दोस्रो मात्रा लगाउन छुट भएकालाई स्थानीय तहले तोकेको खोप केन्द्रमार्फत खोप लगाइने छ । खोप अभियानअन्तर्गत ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई सहयोगी संस्थाको सहयोगमा घरमै गई खोप लगाउन स्थानीय तहले निर्णय गरी खोप लगाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए ।

  • ६ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !