आयुष्मानको ‘पोखरेली नानी’ गीत सार्वजनिक

आजभोलि

काठमाडौं ।गायक स्वर्गीय जगतमर्दन थापाका नाती आयुष्मान बिष्टले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । ‘पोखरेली नानी’ बोलको गीतमा बसन्त सापकोटाको संगीत, कुशल कुमार खनालको शब्द छ । यो गीतको भिडियोमा युवायुवतीविच हुने आकर्षण र प्रेमको कथालाई प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा कुन्साङ बोम्जन, विना राउत, दिक्षा खनाल र गायक बिष्टले अभिनय गरेका छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा अनुप चापागाँइको निर्देशन छ । पुष्पाञ्जली थापा बिष्ट भिडियोको निर्मात्री हुन् । सांगीतिक क्षेत्रमा उदाउँदै गरेका गायक बिष्टले ‘मेरो कलिलो मन’ बोलको गीतबाट संगीतको यात्रा सुरु गरेका थिए ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !