पोखरा म्याराथन सफल बनाउन सरकारको साथ रहन्छः खेलकुदमन्त्री गुरुङ

आजभोलि

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सरकारको साथ रहने बताएका छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा मन्त्री गुरुङ र प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उहाँले पोखरालाई विश्वमा चिनाउन म्याराथनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले भने, “प्रदेश सरकार पोखरा म्याराथन सफल बनाउन पूर्णरुपमा सहयोग गर्न तयार छ ।” मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि नेपालका अग्रज खेलाडीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफूले प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई प्रदेशको खेलकुदको विकासमा लगाउन अग्रज खेलाडीहरुलाई आग्रह गरे ।

प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले अग्रज खेलाडीहरुको संस्थाबाट सम्मानित हुन पाउँदा आफूलाई निकै गौरव लागेको धारणा राखे । उनले भने, “पोखरा म्याराथनले पोखराको पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय भूमिका खेलेको छ ।” खेलकुद जीवनको सफलताका आधार रहेको बताउँदै उपाध्यक्ष गुरुङले यसले समाजमा खेलकुद संस्कृतिको जगेर्ना गर्नसमेत उल्लेख्य भूमिका निर्वाह गर्ने बताए ।

खेलकुदका सदस्यसचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले मञ्चले आफ्नो खेलकुद जीवनमा धेरै सिक्ने अवसर दिएको बताए । उनले पोखरा म्याराथन १६औँ संस्करणसम्म सफलतापूर्वक आउनुको पछाडि पोखरेलीहरुको निःस्वार्थ साथ र सहयोग रहेको उहाँको भनाइ थियो ।

उहाँले गण्डकी प्रदेशको राजधानी पोखरासँगै प्रदेशका ११ वटै जिल्लामा दौड आयोजनाका लागि प्रदेश खेलकुद परिषद्ले आफ्ना कार्यक्रम तय गरिसकेको र गण्डकी प्रदेशलाई दौडको प्रदेशका रुपमा परिचित गराउनेतर्फ परिषद् अघि बढेको बताए ।

उहाँले नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागि प्रदेश खेलकुदले विभिन्न कार्यक्रमहरु गर्ने तयारी गरिरहेको र त्यसको केही दिनमा नै घोषणा गर्ने जानकारी दिनुभयो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले प्रदेशका युवा तथा खेलकुदमन्त्री गुरुङ र उपाध्यक्षलाई स्वागत तथा बधाई दिन पाउँदा निकै खुसी लागेको जनाउँदै १६औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीबारे जानकारी गराउनुभएको थियो ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !