म नेविसंघ, महिला संघ र प्रेस युनियनको जगबाट राजनीतिमा आएकी हुँ : बाला अधिकारी

आजभोलि

बाला अधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस 

काठमाडौं । नेपाल विद्यार्थी संघ, महिला संघहुँदै नेपाल प्रेस युनियनको २४ वर्षे यात्राबाट राजनीतिमा खारिएकी स्थापित नेतृ हुन् बाला अधिकारी । विकट पहाडी जिल्ला ओखलढुंगामा जन्मिएकी अधिकारीले एसएलसीसम्मको अध्ययन गाउँबाटै पुरा गरेकी हुन् ।

स्कूले जीवनदेखि कांग्रेस राजनीतिमा होमिएकी उनी कक्षा आठमा पढ्दा ने.वि.संघको स्कूल ईकाई उपाध्यक्ष भइन् । त्यसैगरी महिला संघ गाउँ कमिटिको उपाध्यक्ष भएर ‘गाउँगाउँमा कांग्रेस घरघरमा महिला संघ’ भन्ने मूल नारालाई सार्थकता दिन जुटिन् ।

ओखलढुंगा–काठमाडौं सम्पर्क समितिको पदाधिकारी भएर कांग्रेस संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेकी अधिकारी कुशल संगठकको रुपमा दहरिन्थिन् । उच्च शिक्षा अध्ययनको लागि काठमाडौं छिरेकी अधिकारीले पत्रकारितामा स्नातकोत्तर पुरा गरेकी छन् ।

क्याम्पस पढ्दा ने.वि. संघको इकाइ कमिटिमा रहेर पार्टीका हरेक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्न थालिन् । क्याम्पसको इकाइ कमिटिमा रहँदा विद्यार्थीका हकहितको लागि सधैं आवाज बुलन्द गर्ने उनी निडर र स्पष्ट वक्ताको रुपमा चिनिन्थिइन् ।

राजनीति र व्यवसायिक पत्रकारितालाई एकैसाथ अगाडि बढाएकी अधिकारीले नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनको २४ वर्षे यात्रामा पटक–पटक जिल्ला सभापतिहुँदै केन्द्रीय उपाध्यक्षसमेत भएर सांगठनिक अनुभव बटुलिसकेकी छन् ।

प्रेस युनियनबाट पत्रकारिताको व्यवसायिक राजनीतिमा खारिएकी अधिकारी नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षसमेत भइन् । प्रेस युनियन, नेविसंघ, महिला संघहुँदै कांग्रेस पार्टी राजनीतिमा सक्रिय अधिकारी ओखलढुंगा जिल्लाबाट कांग्रेसको १२ औं र १३ महाधिवेशनमा महासमिति सदस्य भइन् । अहिले कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत पनि उनी ओखलढुंगा जिल्लाबाट सानदार मतका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् ।

महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभयो, अब कांग्रेस केन्द्रीय सदस्य लड्ने होइन ? भन्ने जिज्ञासामा अधिकारीे भन्छिन्, ‘अहिले म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष छु । महाधिवेशन, महासमिति प्रतिनिधि भनेको कुनै कार्यकारी पद, विभाग होइन ।

हाम्रो पत्रकार आचारसंहिताले नेपाल पत्रकार महासंघको कार्यकारी पदमा रहेको व्यक्ति पार्टीको कुनै पनि कार्यकारी पद र विभागमा बस्न नपाइने भनेको छ । दुवै म होइन महाधिवेशनपछि यो विषय सकिन्छ । उनी थप्छिन्, ‘यदि मैले कांग्रेस केन्द्री सदस्य उठ्न चाहेँ भने नेपाल पत्रकार महासंघको आचार संहितालाई ख्याल गर्दै केन्द्रीय उपाध्यक्ष पदबाट राजीनामा दिएर मात्रै उम्मेदवारी दिन्छु ।’

‘म विधि, विधान र सिद्धान्तमा विश्वास गर्ने मान्छे हुँ । पदीय मर्यादा र व्यवसायिक आचार संहितालाई पनि ख्याल गर्नुपर्छ त्यसमा म कठिवद्ध छु। त्यसैले कांग्रेस केन्द्रीय सदस्य उठ्ने भएँ भने व्यवसायिक पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष पदबाट मात्रै होइन साधारण सदस्यताबाट पनि राजीनामा दिन्छु । त्यसपछि मात्रै मैदान आउँछु ।

‘मैले अहिले नै उम्मेदवारी घोषणा गरेकी छैन तर सोच बनाइरहेकी छु,’ अधिकारीले भनिन् । अधिकारी पत्रकारिताको माध्यमबाट कांग्रेसलाई सबल र सुदृढ बनाउने अभियान सधैं लागिरहिन् । उनले नागरिकलाई प्रशिक्षित बनाई नेपाली कांग्रेसप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन्।

उनी नेपाली कांग्रेससँग टाढिएका युवा पीडितलाई जोडेर निकट भविष्यमा हुने स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन लागिपरेकी छन् । अधिकारी कांग्रेसभित्र देखिएका विकृति, विंगति र विभेदको अन्त्य गरी प्रशिक्षणका माध्यमबाट अन्य पार्टीसँग प्रतिस्पर्धा गर्ने क्षमता अभिबृद्धि गर्नुपर्ने सुझाउछिन् ।

अधिकारीले नेपाल प्रेस युनियनसँग आवद्ध देशभरका जनजाति, दलित, उत्पीडित, अल्पसंख्यक, मधेसी, मुस्लिमलगायत विभिन्न तहतप्का, वर्ग, समुदायबाट आएका महिला पत्रकारको व्यवसायिक, शारीरिक र भौतिक सुरक्षाको लागि सधैं आवाज बुलन्द गरिरहेकी छन् ।

देशभर छरिएर रहेका महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न  तालिम, गोष्ठी, सेमिनार, अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरी सबल र सक्षम जनशक्तिको अवधारणा ल्याएकी थिइन् । यसअघिका स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई जिताउन देशैभरका पत्रकारलाई समाचार सम्प्रेषणका लागि सुसूचित गरेकी थिइन्।

‘तिनैतहको निर्वाचनमा हामी कांग्रेस जिताउ अभियान लिएर जिल्ला–जिल्ला पुगेका थियौं’, अधिकारीले प्रष्ट पारिन् । पत्रकारितामार्फत कांग्रेस संगठन बलियो बनाउने अभियानमा जुटेकी अधिकारीले समाजसेवामा पनि उत्तिकै योगदान गरेकी छन् ।

२०७२ सालको भूकम्पका बेला पीडित पत्रकारलाई राहत उपलब्ध गराउनका साथै ओखलढुंगावासीको लागि राहत वितरण र भौतिक पुनर्संरचनामा लागिपरिन् । त्यसैगरी कोरोनाले समाज आक्रन्त भएका बेला सचेतनामूलक समाचार सम्प्रेषणका साथै स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागिपरिन् ।

पीडित पत्रकारहरुलाई राहत प्याकेज कार्यक्रमस सञ्चालन गरी सहयोगी हात अगाडि बढाइन् । संक्रमित पत्रकारको स्वास्थोपचारका लागि नेपाल प्रेस युनियन, नेपाल पत्रकार महासंघ र अस्पतालहरुसँग समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।

जसले कोरोना संक्रमित पत्रकारलाई उपचारमा धेरै सहज भएको थियो । पछिल्लो संक्रमणका बेला संक्रमित पत्रकारलाई अक्सिजनको खाँचो पर्दा सहजीकरणको लागि धेरै सहयोग गरेकी थिइन् ।

  • १६ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !