बागमती प्रदेश कार्यसमिति (भूगोलतर्फको महिला सदस्य)मा : कल्पना खड्का

आजभोलि

कल्पना खड्का, बागमती प्रदेश कार्यसमिति (भूगोलतर्फको महिला सदस्य) पदकी उम्मेदवार

नेविंघको राजनीतिबाट खारिएरकी उदीयमान नेतृ हुन् कल्पना खड्का। राजनीति र पढाइसँगै अगाडि बढाएकी खड्काले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेकी छन्। सिद्धान्त, निष्ठा र स्वाभिमानको राजनीतिमा विश्वास गर्ने उनी सबल नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छिन्।

रामेछापमा जन्मेकी खड्का राजनीतिमा खुल्ला प्रतिस्पर्धाले क्षमता अभिवृद्धि हुने ठान्दछिन्। सधैं कांग्रेस संगठनको लागि दत्तचित्त भएर लाग्ने उनी राजनीतिलाई विसुद्ध समाज सेवा हो भन्न रुचाउछिन्। राजनीतिबाहेक कुनै पेशा, व्यवसाय नभएको बताउने खड्का जनताको सेवा नै आफ्नो कर्तव्य र धर्म हो भन्न रुचाउछिन्।

लोकतन्त्र स्थापनाको लागि कांग्रेसले गरेका हरेक आन्दोलनहरुमा आफ्नो बलबुताले भ्याएसम्म खड्काले सघाउँदै आएकी थिइन्। देशभरका दलित, जनजाति, महिला, मुस्लिम, अल्पसंख्यक, मधेसी, पीछडा वर्गलगायत सम्पूर्ण समुदायलाई समानुपातिक र समावेसी रुपमा राजनीति मूलधारमा ल्याउन सधैं आवाज बुलन्द गर्ने नेतृ हुन् खड्का।

उनी अहिले प्रदेश महाधिवेशनमा बागमती प्रदेश कार्यसमिति (भूगोलतर्फको महिला सदस्य) पदको उम्मेदवार हुन्। तपाईं उम्मेदवार बनिरहँदा बागमती प्रदेशका केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधिहरुलाई के भन्नुहुन्छ भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘म बागमती प्रदेश कार्यसमितिमा (भूगोलतर्फको महिला सदस्य) पदमा उम्मेदवार बनेकी छु, यहाँहरुको सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा गर्दछु।’ खड्का गत २०७२ सालको भूकम्पमा बढी प्रभावित प्रदेश बागमतीका हरेक जिल्लामा राहत वितरण कार्यक्रममा पुगेकी थिइन्।

त्यसैगरी कोरोना कहरका बेला पनि उनी बागमती प्रदेशका जिल्लाहरुमा जनचेतनामुलक कार्यक्रमदेखि राहत वितरणमा आफ्नो ज्यानको प्रवाह नगरी खटेकी थिइन्। त्यसताका गृह जिल्ला रामेछाप, छिमेकी जिल्ला सिन्धुली, दोलखा, काभ्रेपलान्चोक, सिन्धुपलाञ्चोक, सोलुखुम्बुलगायमा स्वास्थ्य सामाग्री वितरणदेखि चुतनामुलक काममा सहयोग भूमिका निर्वाह गरेकी थिइन्।

त्यसैगरी काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, चितवन र मकवानपुरमा त्यत्तिकै खटेकी थिइन्। नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको निर्वाचनमा पनि खड्काको सहयोगी भूमिका त्यत्तिकै अपरिहार्य रह्यो। कांग्रेस पार्टीका हरेक आन्दोलन दिलो ज्यान दिएर लागिपर्ने खड्काको नेविसंघ, तरुण दल, महिलासंघ, टेड्रयुनिय कांग्रेसलगायत भ्रातृ तथा मातृ संघसंस्थामा त्यत्तिकै योगदान गरेको पाइन्छ।

त्यस्तै जनजाति, अल्पसंख्यक, दलित, मधेसी, मुस्लिम, उत्पीडित, थारु, अपाङ्गतालगायत विभिन्न वर्गका महिलाहरुका हकहिका आवाजलाई बुलन्द गर्न उनको भूमिका उत्तिकै महत्वपूर्ण रहेको छ। चेलिबेटी बेचबिखन, बलात्कार र महिलामाथि हुने घरेलु हिंसाविरुद्ध सधैं आवाज उठाउने खड्का निडर र हक्की नेताको रुपमा गनिन्छिन्।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !