गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक

आजभोलि

काठमाडौं । गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ’ सार्वजनिक भएको छ । जूम प्रविधिका माध्यममा गरिएको ‘अनेसास शब्द–सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गीतकार डा. कृष्णहरि बराल र डा. ऋृषि बस्ताकोटीले गीतकार पलाँसको गीति सृजना र व्यक्तित्वकाबारे प्रकाश पारेका थिए ।

दीप श्रेष्ठ, रामकृष्ण ढकाल, शिशिर योगी, कर्णदास, प्रमोद खरेल, इन्दिरा जोशी, नवीन काफ्ले, अनिता घिमिरे, रमेश कडरिया, सुमन क्षेत्री, चन्दादेवी, भुवन केसीलगायत गायक गायिकाले गाइसकेका गीतहरुमा बीबी अनुरागी, अर्जुन पोखरेल,सञ्जु थापा, तेजेन्द्र गुरुङलगायतका संगीतकारले संगीत भरिसकेका गीतहरू पनि संग्रहित गरिएको छ ।

कार्यक्रममा रमेश पौडेल, हरिहर तिमल्सिना, गोवर्द्धन पूजा, नम्रता गुरागाईं, राजेन्द्र श्रेष्ठ, सर्वज्ञ वाग्ले, रोहिणी शर्मा, ईश्वर देवकोटा, सरस्वती श्रेष्ठ सरू, लक्ष्मी थापा, विमल गौतम, विष्णुबाबु देवकोटालगायतले गीतकार पलाँसलाई शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्यमा गीतकार पलाँसले आफ्नो गीति लेखनका बारेमा प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेका थिए भने गायक सञ्जु थापाले गीत प्रस्तुत गरेका थिए । आवरण प्रकाशनले प्रकाशन गरेको विमोचित कृतिको प्रकाशन आवरण प्रकाशनले प्रकाशित गरेको हो यस सङ्ग्रहमा ८० वटा गीत संकलित छन् ।

 

  • २१ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !