प्रचण्डको राजनीतिक दस्तावेजका अस्पष्टता

लोकराज अवस्थी

प्रचण्डको राजनीतिक दस्तावेज झट्ट हेर्दा उ राम्रो गहिएर हेर्दा म राम्रो भने जस्तो छ। पढ्दा निकै लोभ लाग्दो भए पनि उनले भनेको सामाजिक समाजवाद वा प्रचण्ड विचारधाराको मार्ग र विधि स्पष्ट छैन । अर्को कुरा माओवादी केन्द्रले परिकल्पना गरेको एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो के हो? लोकतन्त्र, समाजवाद, साम्यवाद वा पूजीवाद वा चाइनिज मोडेलको शासन…? सबै अन्यौलमा रुमालिएको छ ।
प्रचण्डले प्रतिवेदनमा शास्त्रीय कम्युनिस्ट शब्दावली प्रयोग गरे पनि व्यवहारमा ठिक उल्टो छ । पार्टीका नेता कार्यकर्ता पहिलो रोजाइ कमाइ अर्थात धन आर्जन छ । पछिल्ला दिनमा घर जग्गा कारोवार , सेयर बजार, ठेकापट्टा, बोर्डिङ स्कुल, सहकारी, निजी अस्पताल, उद्योग , कलकारखानामा माओवादी नेताको लगानी बढेको छ। मजदूरको कुरा गर्ने माओवादी आफै मालिक बनेको छ । किसान मजदूरको बारेमा बारम्बार सरकारमा जादा केही गर्न सकेन । वा चाहेन । त्यसकारण प्रतिवेदन हात्तीको देखाउने दात जस्तै हो ।
अमेरिका र उदार पूजीवादको बारेमा सतही विश्लेषण छ । प्रचण्ड आफै उदार पूजीवादको अधिकतम उपयोग गरीरहेका छ्न ।उनको जिवनशैली हेर्दा स्पष्ट हुन्छ । र उदार पूजीवाद स्वीकार गरिसकेका छ्न। कार्यकर्तालाई भ्रम छर्न, कम्युनिस्ट हु भन्न देखाउन मात्र विरोध गरेको देखिन्छ । नत्र समाजवादी क्रान्ति भन्या यही हो त ?
प्रचण्डको राजनीतिक प्रतिवेदनमा अर्को अन्योलता छ । अहिलेको उदार वा लोककल्याणकारी पूजीवाद, विश्वव्यापीकरण, आधुनिकीकरण र पश्चिमीकरणको युगमा कसरी उनले भनेको सामाजिक समाजवाद आउँछ । वा उनले भनेको त्यो समाजवादी क्रान्तिको मोडेल के हो ? एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटोले कसरी परिवर्तित आधुनिक विश्व भन्दा भिन्नै व्यवस्था नेपालमा आउँछ? अनि आफ्नै पार्टीबाट किन शुरु नगरेको? पार्टी शास्त्रीय कम्युनिस्ट भन्ने गरेको दलाल पूजीपती, घोर दक्षिणी पन्थीहरुको जस्तै किन निर्माण गरेको? पार्टीमा सामुहिकता खै ? के पार्टीको यही संरचनाले तपाईं सामाजिक समाजवादमा पुग्नु हुन्छ? यावत प्रश्नहरू छ्न???
लेखनाथ न्यौपाने भने जस्तो आत्मकेन्द्रीत छ । दस्तावेजमा भनिएको “प्रचण्ड विचारधारा” भनेको “प्रचण्ड पथ” नै हो । उनले आफूले नै सबै उपलब्धि गरेको र आफ्नो विचार प्रगतिशील रहेको दाबा गरेका छ्न । जसले माक्र्सवाद र माओवादलाइ ओझेलमा पारेको छ ।
भाषा वा लेखन एक पाटो हो । सत्यता र वास्तविकता फरक हो । कल्पनाले वास्तविकताको प्रतिनिधित्व गर्दैन! माओवादी जंगलदेखी सिंहदरबार र संसदमा पनि देखियो । बिद्रोहीदेखि सरकार प्रमुखसम्म हेरियो । खासै बदलाव देखिएन । प्रवृत्तीमा पनि फरकपन महसुस गरिएन । बरु अझ बिकृत थपियो । त्यसकारण नया राजनीतिक यात्रा वा विचारमाथी विश्वास गर्ने बलियो अधार छैन । राम कार्कीले भने जस्तो सतही र लेखनाथ न्यौपानेले भने जस्तो आत्मकेन्द्रीत छ, प्रचण्डको प्रतिवेदन …!!!

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ८. नेकपा अर्थात् गफाडी क्लब !
  • ९. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका