झापा गोल्डकपको पाँचौँ संस्करण फागुनमा

आजभोलि

काठमाडौं । कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको जानकारी दिए । विजेता टिमले नगद रु १२ लाख ५५ हजार र उपविजेताले नगद रु छ लाख पाँच हजार पाउने पत्रकार सम्मलेनमा जानकारी गराइयो ।

त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले रु २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद रु २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु नौ हजार ९९९ पाउनेछन् ।

प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुङ्गो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । प्रतियोगिता सञ्चालनको लागि रु एक करोड ४० लाख लागत अनुमान गरिएको छ । महासचिव पौडेलकोे नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ ।

 

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !