तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र सञ्चालनमा

आजभोलि

काठमाडौं । तानसेन नगरपालिकाले ‘डिजिटल कृषि परामर्श सेवा केन्द्र‘ (इ चौतारी) सञ्चालनमा ल्याएको छ ।सो केन्द्रले ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण तथा बीउबिजनसम्बन्धी सेवा पु¥याउने जनाइएको छ ।

पहिलो चरणमा तानसेन –६ मा सो सेवा दिइएको छ । यसबाट कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ ।

तानसेन नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताउनुभयो । कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिककीकरण ल्याउन थालिएको बताउनुभयो ।

ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा तानसेन नगरपालिका सहित, रिब्दीकोट, रैनादेवी छहरा र बगनासकाली गाउँपालिका इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ । किसानलाई कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गर्ने र नयाँ प्रविधिको प्रयोग गरी आत्मनिर्भर बनाउन थालिएको सङ्घका प्रेम गोदारले जानकारी दिए ।

 

  • २६ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !