लाङटाङ राष्ट्रिय निकुञ्जद्धारा ४८ लाख राहत वितरण

आजभोलि

काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ । वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो ।

गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल रु ४८ लाख १६ हजार ६५५ राहत प्रदान गरिएको छ । राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा रु सात लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ रु ३४ लाख २२ हजार एवं पाल्तु चौपाया नोक्सानतर्फको रु पाँच लाख ९८ हजार प्रदान गरिएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिए । भालुको आक्रमणबाट विगतका वर्षमा दर्जनौँ मानिस घाइते परेका थिए भने पछिल्लो समय पूर्वसावधानी अपनाउँदा तीन जनामात्र घाइते भएका छन् ।

डेढ वर्षको अवधिमा जङ्गली भालु तथा बँदेलले एक हजार एक सय ७६ किसानको अन्नबाली नोक्सान पारेको र चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपाया मरेको बताइएको छ । मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न वन जङ्गल र आवादी जमिनको सिमानामा तारबार लगाउने काम सुरू गरिएको छ । किसानको खेतबारीमा बर्सेनि वन्यजन्तुको आक्रमण बढ्दै गएपछि तारबारको माध्यमबाट रोकथाम गर्ने नयाँ नीति ल्याइएको छ ।

निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार रु ७५ लाख बराबरको कार्य योजनाअन्तर्गत रसुवाको राम्चे तथा यार्सा एवं नुवाकोटको तादी गाउँपालिका–२ चिलाउने गाउँ क्षेत्रमा तारबार लगाउने काम सुरू गरिएको हो ।

  • २९ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !