मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

आजभोलि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन् । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताए ।

“मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो”, अध्यक्ष यादवले भने, “त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।” मधेश प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउनुहुँदै अध्यक्ष यादवले अब असम्मान र असमनता, विभेद र शोषण, जातीय, सांस्कृति विभेदको अन्त्यका लागि अगाडि बढ्ने बताए ।

मधेश आन्दोलनकै बलमा प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसम्मै मधेश प्रदेश स्थापना भएको उल्लेख गर्नुहुँदै उहाँले मधेश प्रदेश स्थापनामा सहयोग गर्ने सबै प्रदेशसभा सदस्य, राजनीतिक दलका नेतालगायतमा धन्यवादसमेत ज्ञापन गरे ।

सो सभामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले वर्षौँदेखि विभेदमा रहेको मधेसीलाई अब सम्मानको अनुभूति हुने बताउनुभयो । “मधेश आन्दोलनमा सहिद भएकाको बलिदानीबाट मधेश प्रदेश स्थापना भएको छ”, मन्त्री यादवले भन्नुभयो, “हामीले मधेश प्रदेशका लागि लडाइँ लड्यौँ, त्यो आज पूरा भएको छ, यसबाट मधेश आन्दोलन र सहिदप्रति सम्मान भएको छ ।”

मधेश आन्दोलनकै कारण शोषित वर्गहरु राज्यका हरेक अङ्गमा आरक्षण पाएको उल्लेख गर्नुहुँदै जसपाका नेत्रीसमेत रहनुभएका मन्त्री यादवले मधेसी, जनजाति, दलित, महिलालगायत उत्पीडित समुदायलाई आफ्नो पार्टीले मात्र अधिकार दिलाउने सक्ने दाबी गर्नुभयो ।

खुशीयाली मनाउन आज मधेश प्रदेशमा बिदा

प्रदेशसभाबाट मधेश प्रदेश नामकरण र जनकपुरधाम राजधानी भएको खुशीयालीमा आज सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको जानकारी दिए ।

मन्त्रिपरिषद्बाट निर्णय गर्न नभ्याइए पनि मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूको सल्लाहमा आज सार्वजनिक बिदा दिएको मन्त्री साहले बताउनुभयो । हिजो बसेको प्रदेशसभा बैठकबाट करिब चार वर्षपछि प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लागेको छ ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !