एघार जीवन बीमा कम्पनीद्वारा बीमितको नयाँ बोनस दर सार्वजनिक

आजभोलि

काठमाडौं । सञ्चालनमा रहेका ११ जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । त्यसरी नयाँ बोनस दर सार्वजनिक जीवन बीमा कम्पनीमा नेशनल लाइफ, मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, एलआईसी नेपाल, रिलायन्स लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।

यी कम्पनीहरुले आर्थिक वर्ष २०७६÷७७ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् । बीमा समितिले १५ जीवन बीमा कम्पनीको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको थियो । ती १५ कम्पनीमध्ये हालसम्म ११ वटा कम्पनीले मात्रै बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले सञ्चालनमा ल्याएका नाफामा सरिक (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै बीमालेखमा लागू हुने गरी बोनस दर कायम गरेका हुन् ।

आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि यही बोनस दर कायम रहने कम्पनीहरुले जनाएका छन् । नेशनल लाइफले बीमितलाई बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर दिने भएको छ । सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि, १० देखि १४ वर्ष अवधिको लागि, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ६५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बीमितलाई बोनस पाउनेछन् ।

त्यसैगरी सिटिजन लाइफले बीमितलाई न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ४४ रुपैयाँ र अधिकतम ५५ रुपैयाँ बोनस दर कायम गरेको छ । सावधिक जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

सिटिजन शुभारम्भ योजनामा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ३५ रुपैयाँ र अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमितले न्यूनतम २५ रुपैयाँ र अधिकतम ३५ रुपैयाँ र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम प्रतिहजार ३७ रुपैयाँ र अधिकतम ७० रुपैयाँसम्म बोनस दर पाउने भएका छन् ।

एलआइसी नेपालले प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले सावधिक जीवन बीमा, जीवन विद्या, जीवन साथी बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले जीवन आनन्द र बाल सवाधिक बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

त्यस्तै, धनवृष्टि बीमा योजनामा ५५ रुपैयाँ, धन फिर्ता बीमा योजनामा न्यूनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँ सम्म, बाल, ममता र बाल स्नेह बीमा योजनामा ५५ रुपैयाँदेखि ६० रुपैयाँ जीवन तंरग बीमा योजनामा न्यूनतम ५६ रुपैयाँदेखि ६७ रुपैयाँ र जीवन बचत बीमा योजनामा ४५ रुपैयाँदेखि ६६ रुपैयाँ सम्म बोनस दर दिने भएको छ । प्रभु लाइफले बीमितलाई प्रति हजार न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।

सावधिक जीवन बीमालेखमा न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर दिने भएको छ । सावधिक तथा आजीवन बीमालेखमा इन्स्योरेन्सले न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेखमा कम्पनीले ३५ रुपैयाँदेखि ५१ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितलाई न्यूनतम १९ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दर घोषणा गरेको छ । कम्पनीले सावधिक, सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँदेखि ६० रुपैयाँ,अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४१ रुपैयाँदेखि ४५ रुपैयाँ बोनस दर कायम गरेको छ ।
त्यसैगरी सूर्या लाइफ इन्स्योरेन्सले बीमितलाई बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनस दर कायम गरेको छ । कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँ बोनस दर पाउनेछन् ।

उसोत ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले सावधिक, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत कम्पनीले ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीले अग्रिम भुक्तानी बीमालेख अन्र्तगत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले सावधिक जीवन बीमा र शिक्षा संरक्षण बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस दर कायम गरेको छ । कम्पनीकाअनुसार बीमितले अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्यूनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस दर पाउनेछन् ।

त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । एशियन लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ४४ रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर दिने भएको छ । प्राइम लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यस्तै, सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँदेखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँदेखि ७० रुपैयाँ र प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर निर्धारण भएको छ ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !