मिर्गौलापीडितको सहयोग याचना

आजभोलि

काठमाडौं । तनहुँमा दुवै मिर्गौलामा समस्या भएकी व्यासनगरपालिका–१४ की १९ वर्षीया खुश्बु रानाले आफूलाई बचाइदिन सबै पक्षसँग याचना गर्नुभएको छ । घरको आर्थिक अवस्था नाजुकी रहेकी रानाले ‘म बाँच्न चाहन्छु, मलाई बचाइदिनोस्’ भनी सबैसँग सहयोग माग्नुभएको हो ।

उहाँका श्रीमान् कोमबहादुर थापा नेपाल सेनाको सिपाही पदमा जागिरे हुनुहुन्छ । श्रीमान्को तलबले मात्रै आफ्नो उपचार खर्च सम्भव नभएकाले सहयोगका लागि अपेक्षा गर्नुभएको छ । श्रीमतीको उपचारमा खर्च धेरै लाग्ने भएकाले विभिन्न सङ्घसंस्था, राजनीतिक दल र सर्वसाधारणमा सहयोगको याचना गरिएको श्रीमान् थापाले बताए ।

आर्थिक अवस्था कमजोर थापाको उपचारका लागि आवश्यक सिफारिस प्रदान गरी सक्दो सहयोग गरिदिनुहुन सबै पक्षलाई अनुरोध गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । सहयोग गर्न चाहने महानुभावले मोबाइल नम्बर ९८२९१५२९१५ र ९८१५१४६००० मा सम्पर्क गर्नुहुन परिवारजनले आग्रहसमेत गरेको छ ।

  • ११ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !